फिल्म ‘साइँली’को ‘नाच माया’ गीत सार्वजनिक

फिल्म ‘साइँली’ को पहिलो ‘नाच माया’बोलको गीत सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले आइतबार राजधानी स्थित एक कार्यक्रमका गर्दै गीत सार्वजनिक गरेको हो ।

गौरव पहाडी ,मेनुका प्रधान, दाँयाहाङ राई र केनिपा सिंह फिचर्ड रहेको उक्त गीतमा गायक हेमन्त राणाको स्वर, सुशान्त गौतमको संगीत , हर्क साउदको शब्द रहेको छ ।

जिएच इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको फिल्मलाई निर्देशक राम बाबु गुरुङले निर्देशन छन् साथै उनकै कथामा रहेको साइली फिल्ममा विशाल गुरुङ र मोहन थापा निर्माता रहेका छन् । फिल्ममा काली प्रसाद बास्कोटा, सुशान्त गौतमको संगीत, शैलेन्द्र डि. कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
फिल्म चैत १५ बाट देशव्यापी प्रदर्शनमा आउने छ ।

यो पनि पढनुहोस्:
‘जे सुकै होस्’को ट्रेलर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.