मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ को उपाधि चुम्न सफल चन्दा थापालाई बधाई ज्ञापन

केहि समय अघि सिगापुरमा सम्पन्न मिसेस इन्टरनेशनल २०१८ नामक अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिसेस एसिया प्यासफिक इन्टरनेशनल २०१८ को उपाधि चुमेकी चन्दा थापा गिरीलाई बधाई ज्ञापन गर्दै रिवन इन्टरटेनमेन्टले शनिावर एक कार्यक्रम आयोजना गरेको छ।

रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा केही समय अघि राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेशनल २०१८ की विजेता चन्दा थापा गिरीले सिंगापुरमा सम्पन्न विबाहित महिलाबिचको अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगितामा यो सफलता हात पारेकी थिईन। सिंगापुरको आर्केड कन्ट्रि क्लबमा सम्पन्न मिसेस इन्टरनेशनल २०१८ मा गिरीले पे्रmण्डली इन्टरनेशन उप उपाधि पनि चुमेकी थिईन््।

प्रतियोगितामा नेपालका तर्पmबाट रिवन इन्टरटेनमेन्ट प्रालिको आयोजनामा राजधानीमा सम्पन्न मिसेस नेपाल इन्टरनेशनल २०१८ र २०१७ तथा ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टको आयोजनामा भएको मिसेस नेपाल ग्ल्याम २०१८ प्रतियोगिताका विजयीहरु मिसेस नेपाल इन्टरनेशनल २०१८ चन्दा थापा गिरी, मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डे र मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जन सहभागी थिए।

नेपालबाट प्रतिनिधित्व गर्ने सबैलाई सफलता मिलेको थियो। मिसेस नेपाल इन्टरनेशल २०१७ सुरुची पाण्डेले इन्टरनेशनल वेष्ट ट्यालेन्ट, एलिगेन्स व्युटी र व्युटी एमबेसडर उपउउपाधि जितेकी छिन् भने मिसेस नेपाल ग्ल्याम २०१८ एलिजा महर्जनले कन्टेन्सटेन्ट अफ द इयर, इन्टिलेक्चुअल व्युटी र वेष्ट सेल्फ इन्टरडक्सन उपउपाधि चुमेकी थिइन्।

यी प्रतियोगिहरुले अक्टोबर २८ देखि नोभेम्बर २ सम्म जारी मिसेस इन्टरनेशनल २०१८ मा नेपालको प्रतिनिधित्व गर्दै स्पर्धा गरेका थिए। प्रतियोगितामा नेपालसहित अमेरिका, युरोपलगायत विश्वका २५ राष्ट्रका बिबाहित सुन्दरीहरुले स्पर्धा गरेका थिए। प्रतियोगिताका विभिन्न चरण सिंगापुर, मलेशिया र इन्डोनेसियामा भएको थियो।

यो पनि पढनुहोस्:
साम्राज्ञी र पुष्पलको अर्को फिल्म ‘मारुनी’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.