अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को पोस्टर सार्वजनिक

चर्चित कलाकार अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’ को दुई वटा पोस्टर सार्वजनिक भएको छ । अभिनेता अनमोलको निकै प्रतिक्षित मानिएको यो फिल्मको सार्वजनिक पोष्टरमा अनमोल फुटबल खेलाडीका रुपमा देखिएका छन भने उनाका अलावा पोस्टरमा सुनिल थापा र प्रसान्त ताम्रकार पनि देखिएका छन ।

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्माण भएको फिल्म नायक भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा एउटा सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथालाई देखाउन खोजिएको छ ।

फिल्ममा आलावा अनमोलसँगै अभिनेता सरोज खनाल तथा प्रशान्त ताम्राका, उपासना सिंह ठकुरी र प्रियंका एमभी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
फिल्म फाल्गुन १७बाट देशब्यापी प्रर्द्शनमा आउँदैछ ।
यो पनि पढनुहोस्:
साम्राज्ञी र पुष्पलको अर्को फिल्म ‘मारुनी’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.