दयाहाङ राई अभिनित फिल्म’आप्पा’को पोस्टर सार्वजनिक

दयाहाङ राई अभिनित फिल्म’आप्पा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । सोमबार फिल्म निर्माण टिमले राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरेको पोस्टरमा दयाका साथसाथै अन्य दुई कलाकार पनि देखिएका छन् ।

माउन्टेन पिक्चर्स र सिनेमा आर्ट्सको ब्यानरमा निर्माण भएको फिल्ममा बाबु तथा छोराको कथामा देखाइएको छ । फिल्ममा दया एक छोराको बाबुको रुपमा प्रस्तुत भएका छन् ।

अनमोल गुरुङ निर्देशित फिल्ममा रुदेन सादा लेप्चा निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा माबो हाङ रहेका छन् । फिल्ममा दयाहाङका अलावा तुलसी घिमिरे, अरुणा कार्की, सिद्धार्थराज तामाङ, अल्लोना काबो लेप्चाको लगाएका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
फिल्म जेठ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउदैछ ।
यो पनि पढ्नुहोस्:
अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’को पोस्टर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.