सलिन मानको ‘यात्रा’को डबिङ अन्तिम चरणमा

डेब्यु फिल्मबाटै दर्शकको मन मस्तिष्कमा छाउन सफल अभिनेता सलिन मान बनिया पछिल्लो समय फिल्म ‘यात्रा:अ म्युजिकल भ्ल्ग’को डबिङमा व्यस्त रहेका छन् । पहिलो फिल्म पश्यात मिडिया तथा दर्शकमाझ खासै नआएका उनको यो फिल्मको डबिंगसंगै निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

चकलेटी अनुहारका कारण पहिलो फिल्मबाटै उनलाई सबैले निकै रुचाएका छन् । केहि समय पहिला उनलाई सामाजिक संजाल तथा उनको दोश्रो फिल्मका लागि दर्शकको चासो निकै बढेको थियो ।

सलिन उक्त फिल्ममा भ्ल्गरको भूमिकामा रहेका छन् । फिल्मका निर्देशक सम्राट शाक्यका अनुसार, उनि निकैनै मेहेनती छन् । उनले आफ्नो हरेक स्टेपलाई बेस्ट दिने कोशिश गर्दछन । त्यसैले सलिनले गरेको डान्स र फाइटको चर्चा यतिबेला टिममा निकै चलिरहेको छ ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भईरहेको फिल्ममा सुशील पोखरेल निर्माता रहेका छन् भने सर्जुमान लिगल कार्यकारी निर्माता रहेका छन । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द, बनिश शाहको सम्पादन रहेको फिल्मलाई संजय लामाले क्यामरामा कैद गरेको छन ।

फिल्ममा सलिनका अलावा सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

यो पनि पढनुहोस्:
दयाहाङ राई अभिनित फिल्म’आप्पा’को पोस्टर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.