साम्राज्ञी, पुष्पल र रेविकाको ‘मारुनी’को औपचारिक घोषणा

अभिनेत्री साम्राज्ञी आरएल शाहले १५ लाख पारिश्रमिक लिईएको फिल्म ‘मारुनी’को औपचारिक घोषणा गरिएको छ । मंगलवार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण टिमले फिल्मको औपचारी घोषणा गरेको हो । माघ अन्तिमबाट छायाँकन सुरु गरिने उक्त फिल्ममा साम्राज्ञीको अपोजिटमा अभिनेता पुष्पल खड्का रहेका छन ।

त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण हुने उक्त फिल्मको छायाँकन बाँके लगायतका अन्य विभिन्न स्थानहरुमा हुनेछ ।

पुनम इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा निर्देशक नवल नेपालले निर्देशन गर्दै छन् । फिल्ममा पुष्पल, साम्राज्ञी र रेविकाका अलावा सुनिशा क्षेत्री, अरुण राज, आयुष प्रधान, शंखर सेढाइ लगायतका कलाकारहरुक अभिनय रहनेछ ।

यो पनि पढनुहोस् :
नेपालमा निर्मित पहिलो अंग्रेजी फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को टिजर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.