गाई पालनमा ब्यस्त विपिन ( गोपी )

विपिन कार्कीको अभिनय फिल्म ‘गोपी’को पोस्टर सार्वजनिक भएको छ । बुधवार सार्वजनिक भएको फिल्मको चारवटा पोस्टरमै विपिन देखिएका छन भने एउटा पोस्टरमा फिल्मका दुई अभिनेत्री वर्षा राउत र सुरक्षा पन्त पनि अटाएका छन ।

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । पोस्टरमा उनको पेशा झल्किने गरी गाई र दूधको क्यानलाई प्राथमिकता दिइएको छ ।

आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित गोपी नेपालभर माघ १८ गते प्रदर्शनमा आउँदैछ ।

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ ।
यो पनि पढनुहोस्
फिल्म ‘कथा ७२’को ‘खै कहाँ’बोलको गीत सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.