साम्राज्ञीको प्रेममा चोर पुलिस खेल

सुत्र इन्टरटेन्मेन्ट-अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पाँच वटा फिल्म खेल्दा नै संचारमाध्यमले जुन उचाई दिएको छ, त्यो उचाई सायदै अरु अभिनेत्रीले पाएका होलान् । साम्राज्ञीलाई नेपाली संचारमाध्यमले पहिलो फिल्म ड्रिम्समा काम गर्दादेखि नै हो स्टारको उपमा भिराइदिएको ।

यसपछि भने साम्राज्ञीलाई लिएर समाचार र हेडलाइन्स प्रशस्त बनेका छन् । यस्तो कभरेज अरु अभिनेत्रीका लागि डाहाको बिषय मात्र हो ।
तर, अभिनेत्रीले भने आफ्नो व्यक्तिगत कुरालाई मिडियासँग लुकामारी मात्र खेल्न खोजेको देखिन्छ ।

उही चोर र पुलिस खेलेको जस्तो लाग्ने । मिडियाले पछ्याइरहने, साम्राज्ञी देखेर पनि नदेखे जस्तो गर्ने । साम्राज्ञीको प्रेम जीवन खुलेको छ तर बोलिएको छैन । मयंक खड्कासँगको प्रेमको समयमा पनि साम्राज्ञीले प्रेमलाई नचाहेर खुलाइन् तर बोलिनन् ।

हुनत, उनी आफूले काम गर्न लागेको सिनेमाको हल्ला व्यक्तिगत खबरले नछोपोस् भन्ने पनि चाहन्छिन् होली । तर, पनि साम्राज्ञीको स्वभाव भने देखाएर पनि लुकाउन खोज्ने जस्तो छ । अहिले उनी उद्योग बाणिज्य महासंघकी अध्यक्ष भवानी राणाका छोरा देवांश जंगबहादुर राणाको प्रेममा छिन् । उनका लागि देवांशसँगको प्रेम खुलेको किताब जस्तो पनि छ, फेरि उनी खै किन ढाक्न पनि छोप्छिन् ।

प्रेमीसँग उनकै घरमा साम्राज्ञीले जन्मदिन मनाएको भिडियो संचारमाध्यममा छ्याप्छ्याप्ती आएकै थियो । तर, पनि उनी बोल्दिनन् । उनले अभिनय गर्न लागेको नयाँ सिनेमा मारुनीको पत्रकार सम्मेलनमा पनि उनी प्रेमीको साथमा नै पुगेकी थिइन् । साथै पुगेका यी दुइले एक अर्कालाई भने नयाँ मान्छेको जस्तो व्यवहार गरे । क्यामेराको अघि लुकाएपनि वास्तविकता त सबैलाई थाहा नै छ ।

क्यामेराकाृे अघि त यी दुइलाई पर्न नै मन लागेन । संचारकर्मीको आग्रहमा पनि एकै ठाउँमा उभिएर पोज दिन दुइलाई गाह्रो भयो ।
एकसाथ पुगेपछि जोकोहीलाई पनि प्रेम छ भन्ने थाहा थियो । तर, जाने बेलामा झनै तमसा । उनी र देवांशलाई संचारमाध्यमसँग के डर लागेको हो कुन्नी ।

क्यामेरामा परिन्छ भनेर एकजना गाडीमा जाने, अर्को बाटोसम्म स्कुटीमा पुग्ने । यस्तो तमासा अरु कहाँ देखिएको होला र ? क्यामेरा छलियो भन्ने जस्तो लागेपछि भने फेरि एउटै गाडीमा हुँइकिने ।

जे भएपनि साम्राज्ञी र उनका प्रेमी देवांशले प्रेम नुखलाएर नै संचारमाध्यममा लाइमलाइट बटुलेका छन् । तर, यसरी प्रेमी देखाउन पनि खोज्ने, लुकाउन पनि खोज्ने खेलमा रमाउँदा साम्राज्ञीको कामको हल्ला संचारमाध्यममा कम हुने डर छ । कार्यक्रममा लिएरै पुगेपछि फोटो खिच्न र प्रेमी हुन् भन्न किन डर लागेको होला ?

यो पनि पढनुहोस्;
आमिर खान हुन खोज्ने कि बन्ने पनि ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.