‘चौका दाउ’को ट्रेलरमा वर्षा सँग रबिन्द्र, विल्सन, सन्तोष र तैयबको रासलिला

फिल्म ‘चौका दाउ’को ट्रेलर सार्वजनिक भएको छ । केहि समय अगाडी युटुब मार्फत सार्वजनिक गरिएको २ मिनेट ५१ सेकेन्डको उक्त ट्रेलरमा फिल्मका मुख्य-मुख्य पात्रहरु बर्षा राउत , रबिन्द्र झा, विल्सन बिक्रम राई, सन्तोष पन्त र तैयब शाह देखिएका छन् । जो एक युवती अर्थात वर्षासंग रासलीला मचाई रहेको देखाइएको छ ।

पुणेन्दु झाको निर्देशनमा तयार भएको चलचित्रलाई सौर्यजित बास्कोटा र मनोजराज भण्दारीले मिलेर निर्माण गरेका फिल्ममा संगीतकार बास्कोटाकै कथा, दीर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ ।

सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘चौका दाउ’मा वर्षा राउत, विल्सन विक्रम राई, तैयव शाह, रविन्द्र झा, सन्तोष पन्त,निर्मल शर्मा,अजश्र ढुंगाना र सोनीका केसीको मुख्य अभिनय रहेको छ । फिल्म पुष २७ गतेबाट देशव्यापी प्रदर्शनमा आउने छ ।
यो पनि पढ्नुहोस्;
साम्राज्ञीको प्रेममा चोर पुलिस खेल

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.