‘कथा ७२’को गीतको उत्कृष्ट कबर भिडियो बनाउनेलाई ३० हजर नगद र फिल्ममा काम गर्ने मौका

मङ्सिर २८ गतेबाट देश्ब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘कथा ७२’ले ‘तिला ताजी’बोलको गीतको कभर भिडियो प्रतियोगीताको आयोजना गरेको छ । फिल्मको प्रर्द्शन मिती नजिकिएसँगै निर्माण टिमले उक्त प्रचार शैली अपनाएको हो ।

उक्त गीतको पर्सब संगीत राखी जो कोहिले आफ्नो कन्सेप्टमा भिडियो बनाउन सक्ने छ तर उक्त कबर भिडियो कुनै यात्रा तथा अन्य ठाउँको कथामा अाधारित रहेको हुनु पर्नेछ भने भिडियोलाई लोकल सिनेमाको अफिसियल इमेल localcinemanepal@gmail.com मा ६ जनवरी २०१९ सम्म पठाइसक्नु पर्नेछ । पठाइएका भिडियोहरु लोकल सिनेमाको अफिसियल युट्युव तथा फेसबुकमा पोष्ट गरिने छ ।

यस्तै कभर भिडियो कम्पिटिसनको १० जनवरी २०१९ मा फाइनल हुने निर्माण टिमले जनाएको छ भने उक्त कबर भिडियो बिजेताले पुरस्कार स्वरुप रु. ३० हजार नगद र आउने फिल्ममा कामगर्ने अवसार पाउनेछन ।

भूकम्पको कथामा बनेको फिल्मले एउटा यात्राको कथा बोकेको छ । प्रविन स्यांग्बोको लेखन तथा निर्देशन रहेको फिल्ममा आकाश पौडेल,प्रविन स्यांग्बो,सुशान्त श्रेष्ठ,राम कृष्ण पोखरेल निर्माता रहेको छन । फिल्ममा आकाश मगर,सुप्रिया राना,भुइसल लामा,पल्मो सन्जु तामांङ,केदार श्रेष्ठ,शारदा अधिकारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढनुहोस्;
‘चौका दाउ’को ट्रेलरमा वर्षा सँग रबिन्द्र, विल्सन, सन्तोष र तैयबको रासलिला

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.