फिल्म ’सुश्री सम्पति’ सुटुक्क ( सेलेब्रेटी )शो सम्पन्न

मङ्सिर २८ अर्थात भोलीबाट देशव्यापी प्रर्दशनमा आउने तयारीमा रहेको फिल्म ’सुश्री सम्पति’ सुटुक्क ( सेलेब्रेटी )शो सम्पन्न गरेको छ । बुधवार कला क्षेत्रका विशिश्ट ब्यक्तित्व, निर्माण टिम तथा पत्रकारहरुको उपस्थितीमा सम्पन्न भएको उक्त शोले सम्पूर्ण  ब्यक्तीबाट उत्कृष्ट प्रतिकृया बटुलेको छ ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

यो पनि पढनुहोस्:
सारालाई निखिल फापेनन्, सलोन के होलान् ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.