अनमोलको रहर उपासनासंगै हुने

चर्चित कलाकार अनमोल केसीको मुख्य अभिनय रहेको फिल्म ‘क्याप्टेन’को ‘रहर छ’बोलको गीत सार्वजनिक भएको छ । बिहिबार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै फिल्म निर्माण टिमले सार्वजनिक गरेको उक्त गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर, दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत, सैलेन्द्र एम प्रधानको संगीत संयोजन, कविराज गहतराजको कोरियोग्राफी रहेको गीतमा अनमोल र उपासना सिंह ठकुरीलाई रोमान्टिक मुद्रामा प्रस्तुत गरिएको छ ।

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्माण भएको फिल्म नायक भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा एउटा सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथालाई देखाउन खोजिएको छ ।

फिल्ममा आलावा अनमोलसँगै अभिनेता सरोज खनाल तथा प्रशान्त ताम्राका, उपासना सिंह ठकुरी र प्रियंका एमभी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
फिल्म फाल्गुन १७बाट देशब्यापी प्रर्द्शनमा आउँदैछ ।

यो पनि पढनुहोस्:
फिल्म ’सुश्री सम्पति’ सुटुक्क ( सेलेब्रेटी )शो सम्पन्न

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.