‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनाले कतारमा शुक्रबार हुँदै, कसले जित्ला २५ लाख नगद र कार पुरस्कार

मंसिर २७ गते । नेपालको चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को ग्राण्ड फिनाले यहि मंसिर २८ गते शुक्रबार कतारको दोहामा हुँदैछ ।गायन प्रतिभा प्रस्फुटन गर्ने नेपालकै नम्बर एक रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिानालेमा प्रतियोगीहरुका साथै नेपालका चर्चित कलाकारहरुले समेत आफ्नो कला प्रस्तुत गर्ने भएका छन् ।

कार्यक्रममा ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’का फाइलिष्टहरु सिडि बिजय, कुशल, सप्तक र श्रृजयले आफ्नो उत्कृष्ट कला प्रस्तुत गर्नेछन जसको माध्यमबाट उनीहरुमध्ये एक जना ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को बिजेता हुनेछ ।
चारै जना फाइनलिस्टहरुमध्ये दर्शकहरुको भोटको आधारमा बिजेता चयन हुनेछ । नेपालको पहिलो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ बिजेताले २५ लाख रुपैयाँको नगद पुरस्कारका साथमा रेनोको एउटा कार प्राप्त गर्नेछन् । त्यसैगरि बजेताले २० लाख रुपैयाँ बराबरको एल्बम सम्झौता र विश्व भ्रमण गर्न पाउने छन् ।

यसअघिको कार्यक्रमबाट फाइनलमा चारै जना निर्णायकहरु दिप, अभया, सनुप र प्रमोदका टिमबाट एक÷एक प्रतियोगीहरु प्रवेश गर्न सफल भएका हुन् ।‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ ग्राण्ड फिनालेमा फाइनलिस्टहरुका साथै सेमीफाइनलमा पुगेका टप ८ प्रतियोगीहरुले पनि आफ्नो प्रस्तुती दिनेछन् ।

कतार, दोहाको एमपी थिएटरमा डिसेम्बर १४ तारिख अर्थात मंसिर २८ गते शुक्रबार बेलुकी १० बजेदेखि शुरु हुने ग्राण्ड फिनाले नेपालमा कान्तिपुर टेलिभिजन र डिसहोमको रमाईलो टिभीबाट प्रत्यक्ष प्रशारण हुनेछ । यो विशेष कार्यक्रममा प्रतियोगीहरुका साथै अन्य नेपाली कलाकारहरुले पनि आफ्नो कलाद्धारा दर्शकहरुलाई मनोरन्जन प्रदान गर्नेछन् । कार्यक्रममा चर्चित हास्य कलाकार सिताराम धुर्मुस र कुन्जना सुन्तलिको पनि प्रस्तुती हुनेछ । त्यसैगरि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ का अन्य सहभागीहरुले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् ।

ग्राण्ड फिनालेमा आफुनो मनपर्ने प्रतियोगीलाई जिताउन विदेशमा बस्नुभएका नेपालीहरुले आगामी मंसिर २८ गते शुक्रबार बेलुकी ८ बजेसम्म हरेक दिन एउटै आईडीबाट पचास वटासम्म भोट गर्न सकिने व्यवस्था गरिएको छ ।

भोटिंगको तरिका
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ मा आफूलाई मनपर्ने प्रतिस्पर्धीहरुलाई दर्शकहरुले भोट गर्न सक्ने सुविधा रहेको छ । भोट गर्नको लागि आफ्नो मोबाइल फोनबाट एसएमएसमा गएर प्रतियोगीको कोड नम्बर टाइप गरेर ३७००० मा सिधै पठाउन सक्नुहुनेछ ।https://www.youtube.com/watch?v=PuZEiSyvg0k&t=247s

त्यसैगरि भारतबाट ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ हेर्नुहुने दर्शकका लागि आफ्नो मनपरेको प्रतियोगीलाई भोट गर्न आफ्नो मोबाइलबाट प्रतियोगीको कोड नम्बर टाइप गरेर ५३०१० मा पठाउन सक्नुहुनेछ ।
यति मात्र होईन्, दर्शकहरुले आफ्नो ल्याण्डलाइन टेलिफोनमार्फत पनि फोन गरेर प्रतियोगीको कोड नम्बरसहित भोट गर्नसक्नुहुनेछ । नेपाल टेलिकमको ल्याण्डलाइनबाट १६६६७७ मा फोन गरेर पनि गर्न आफ्नो मन गर्ने प्रतियोगीको कोड नम्बरसहित भोट सक्नेछन् । ९उदाहरणको लागि १६६६७७ मा कल गर्नुस र त्यसपछि कोड नम्बर डायल गर्नुस् ।

दर्शकहरुले ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को मोबाइल एप डाउनलोड गरेर पनि आफ्नो मन परेको प्रतियोगीलाई भोट गर्न सक्नुहुनेछ । यसको लागि तपाईँले एन्ड्रोयड मोबाइलको लागि ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ को एप डाउन लोड गर्नका लागि यो ९जततउकस्ररउबिथ।नययनभि।अयmरकतयचभरबउउकरमभतबष्किरुष्म।अयm।लभउधबचभ।तखयल ० लिंकमा जानुहोस् ।

त्यसैगरि एप्पलको आईओएस स्टोरबाट डाउनलोड गर्नको लागि यो ९जततउकस्ररष्तगलभक।बउउभि।अयmरलउरबउउरतजभ९खयष्अभ९या९लभउबरिष्मज्ञघछद्दद्धद्धद्धटछटरुmत।ड० लिंकमा जानुहोस् ।
नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ ।
टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

थप जानकारीका लागि
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को आधिकारिक फेसबुक पेज र यूट्यूब पेजमा जानुहोस् ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.