शुक्रबारबाट देशका विभिन्न हलमा ’सुश्री सम्पति’

मङ्सिर २८ अर्थात आजबाट फिल्म ’सुश्री सम्पति’ प्रर्दशनमा आउदै छ । केहि दिन अगाडी कलाकार तथा पत्रकारहरुका बीचमा प्रिमियर शो सम्पन्न गरेको फिल्म आजबाट देशका विभिन्न हलहरुमा एकसाथ प्रर्दशन हुदैछ । फिल्म ’सुश्री सम्पति’अर्थात धनादय बाउकी एक्ली छोरीका खोजिमा भौतारिएका दुई युवकको कथामा आधारित रहेको छ ।

रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिने छिन् ।

यो पनि पढ्नुहोस्:
‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनाले कतारमा शुक्रबार हुँदै, कसले जित्ला २५ लाख नगद र कार पुरस्कार

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.