युवा ज्योतिष हरिहर र कृष्टिनको रोमान्समा ‘शुभ लभ’को पोस्टर सार्वजनिक

युवा ज्योतिष हरिहर अधिकारीको डेब्यु अभिनय रहेको फिल्म ‘शुभ लभ’ फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री कृष्टिन पौडेल र हरिहरलाई देखाइएको छ । जो निकै रोमान्टिक मूडमा देखिएका छ ।

बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मलाई पुराना निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । फिल्ममा हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद, अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

फिल्ममा हरिहर अधिकारी र कृष्टिन पौडेलका अलवा डाक्टर सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोल, अनुज पाण्डे लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म चैत १५ बाट देशव्यापी प्रर्दशनमा आउनेछ ।

यो पनि पढ्नुहोस्:
शुक्रबारबाट देशका विभिन्न हलमा ’सुश्री सम्पति’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.