अनमोलको रहर युटुब ट्रेनिङ नम्बर १ मा

चर्चित अभिनेता अनमोल केसी पुन एक पटक ट्रेनिङमा परेका छन् । उनि अभिनित फिल्म ‘क्याप्टेन’को ‘रहर छसंगै’ बोलको गीत शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको थियो । जुन गीत सार्वजनिक भएको २४ घण्टा हुन नपाउदै युटुब ट्रेनिङ नम्बर १ मा परेको छ ।

गीतमा अन्जु पन्त र सुगम पोखरेलको स्वर, दिग्गज धौरालीको शब्द, अर्जुन पोखरेलको संगीत, सैलेन्द्र एम प्रधानको संगीत संयोजन, कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने गीतमा अनमोल र उपासना सिंह ठकुरीबीचको प्रगाड प्रेमलाई प्रस्तुत गरिएको छ ।

निर्देशक दिवाकर भट्टराईको निर्देशनमा निर्माण भएको फिल्म नायक भुवन केसीले निर्माण गरेका हुन् । फिल्ममा एउटा सानो गाउँबाट राष्ट्रिय फुटबलको विजेतासम्म बन्न सफल एक युवकको संघर्षको कथालाई देखाउन खोजिएको छ ।

फिल्ममा आलावा अनमोलसँगै अभिनेता सरोज खनाल तथा प्रशान्त ताम्राका, उपासना सिंह ठकुरी र प्रियंका एमभी लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।
फिल्म फाल्गुन १७बाट देशब्यापी प्रर्द्शनमा आउँदैछ ।

यो पनि पढ्नुहोस्:

प्रेमदेखि मेघास्टारसम्म, अनमोल केसीको यस्तो जवाफ

युवा ज्योतिष हरिहर र कृष्टिनको रोमान्समा ‘शुभ लभ’को पोस्टर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.