फ्राइडे रिलिज तीन फिल्म

प्रत्यक शुक्रबार हलमा दुई-तीन प्रर्दशनमा आउने गर्दछन । यसैगरि मंगसिर २८ अर्थात शुक्रबारबाट देशव्यापी रुपमा ३ फिल्म प्रर्दशनमा आएका छन् । फिल्म ‘सुश्री सम्पति’, ‘कथा ७२’ र ‘डोली ‘आजबाट प्रर्दशनमा आएका हुन् ।

कमेडी जरनामा निर्माण भएको फिल्म हो ‘सुश्री सम्पत्ति ‘ । रङ्ग पत्रकार सुव्रत आचार्यको निर्देशनमा तयार भएको फिल्ममा सलोन बस्नेत , सारा सिर्पाली र बिनोद न्यौपाने मुख्य भूमिकामा छन् । रमेश त्वायना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’ को कथा निर्देशक सुव्रत आफैले लेखेका हुन् ।

फिल्मको निर्मातामा विज्ञान राई, नुनम सुब्बा र रमन सिलाकार रहेका छन् । फिल्ममा प्रमोद अग्रहरी, राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको पनि अभिनय रहेकोछ भने यसमा प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिने छिन् ।

भूकम्पको कथामा बनेको फिल्मले एउटा यात्राको कथा बोकेको फिल्म हो ‘कथा ७२ ‘ । प्रविन स्यांग्बोको लेखन तथा निर्देशन रहेको फिल्ममा आकाश पौडेल,प्रविन स्यांग्बो,सुशान्त श्रेष्ठ,राम कृष्ण पोखरेल निर्माता रहेको छन । फिल्ममा आकाश मगर,सुप्रिया राना,भुइसल लामा,पल्मो सन्जु तामांङ,केदार श्रेष्ठ,शारदा अधिकारी लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

सामाजिक संदेश बोकेको फिल्म ‘डोली’ राजबहादुर सानेको निर्देशनमा किरण नेपालीको निर्माण तथा रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्मित फिल्ममा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, संगीता नापीत, सानिया खान,अर्जुन गुरुङ,नवीन रेग्मी,प्रशान्त भण्डारी,दामोदर खतिवडा,प्रिया रिजाल,हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गरेको फिल्मको स्क्रिप्ट पनि निर्देशक साने आफैले लेखेका हुन् ।

यो पनि पढ्नुहोस्;
अनमोलको रहर युटुब ट्रेनिङ नम्बर १ मा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.