यस्तो छ ‘प्रसाद’को एक हप्ते कलेक्सन

मङ्सिर २१ गतेबाट प्रर्द्शनमा आएको फिल्म ‘प्रसाद’ शुक्रबारबाट दोश्रो हप्तामा प्रद्शन भईरहेको छ । सुखद ओपनिङ गरेको यो फिल्म छक्का पन्जा पछिको दोस्रो राम्रो ब्यापार गर्ने फिल्म बन्न सफल भएको छ । फिल्मले दोश्रो हप्ता सम्म अाइपुग्दा २ करोड ७ लाख माथिको ब्यापार गर्न सफल भएको छ ।

फिल्मले प्रर्द्शनमा आएको पहिलो र् दोश्रो दिनमा झन्डै एक करोड ग्रस कलेक्सन गरेको थियो भने दोस्रो हप्ता सम्म अाइपुग्दा फिल्मले २ करोड माथिको कलेक्सन गरेको हो । प्रर्द्शनमा आएको दोश्रो हप्ता लागदै प्रसादको यो कमाइ नेपाली फिल्म क्षेत्रको लागि निकै राम्रो मानिन्छ ।

अन्तरजातिय विवाह र निसन्तान दम्पतीको कथामा आधरित रहेर निर्माण भएको फिल्मको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन् भने फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

यो पनि पढनुहोस्:
विवाह पछि यसो भने कपिलले भिडियो बन्यो भाइरल

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.