प्रेमलीलाको दोश्रो गीत ‘मिस गरे’ सार्वजनिक

नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्म ‘प्रेमलीला’को दोश्रो गीत सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले युटुब मार्फत ‘मिस गरे’बोलको गीत सार्वजनिक गरेको हो ।

नायिका दिपशिखा खड्का र नायक मौसम खड्का फिचर्ड रहेको उक्त गीतमा चर्चित गायिका मेलिना राई र युवराज चौलागाई स्वर, डा कृष्णहरी बरालको शब्द, हरी लम्सालको संगीत, पबन गौतमको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई चन्दन दत्त र सालिक दुलालले सम्पादन गरेका हुन ।

दीपशिखा खड्काकै कथा रहेको फिल्ममा अन्तर्देशीय प्रेम सम्बन्धको कथालाई समेटिएको छ । निर्देशन जनक पाण्डे निर्देशित फिल्म नायिकामा खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । पवन गौतमले छायांकन रहेको फिल्मलाई सुनिल मानन्धरले वितरण गर्नेछन ।

फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
फिल्म माघ २५ बाट देशब्यापी प्रर्द्शनमा आउँदै छ ।

यो पनि पढनुहोस्:
यस्तो छ ‘प्रसाद’को एक हप्ते कलेक्सन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.