‘बुलबुल’को टिजर सार्वजनिक

स्वस्तिमा खडकालाई टेम्पो ड्राईभरको भुमिकामा अभिनय गराएर चर्चामा आएको फिल्म ‘बुलबुल’को टिजर सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार युट्युव मार्फत गरेको उक्त टिजरमा फिल्मकी नायिका स्वस्तिमा खडकाको रुप र हुलिया दुरुस्तै आम टेम्पो चालिका युवतीको जस्तै देखिएको छिन भने उनको साथमा देखिएका नवनायक मुकुन भुषालको अभिनय पनि स्वाभाविक र दमदार देखिएको छ ।

विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । विनोद पौडलकै पटकथा रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । अबिरल थापा, भिम थापा, राजु पौडेल र पुरुषोत्तम पाण्डेले संयुक्त रुपमा निर्माण गरेको फिल्मको रामराजा दाहाला कार्यकारी निर्माता हुन् । फिल्ममा सम्पादन अनिमेष सापकोटाको रहेको छ । फिल्म फागुन ३ बाट देशभर प्रदर्शन हुँदैछ ।

यो पनि पढ्नुहोस्;
यसरी मनाइन वर्षाले दालभात तरकारीको सेटमा आफ्नो २५ औं जन्मदिन ( फोटो / भिडियो फिचर )

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.