‘द ब्रेकअफ’को ठाउँमा अनमोलको क्याप्टेन

पौष २७ गतेबाट प्रर्दशनमा आउने तयारीमा फिल्म ‘द ब्रेकअफ’को प्रर्दशन मिती परिवर्तन भएको छ । फिल्मका निदेशक हेमराज विसीका अनुसार फिल्मको प्रर्दशन मिती पौष २७ बाट फाल्गुन १७ मा पुर्याईएको छ ।

पुर्वनिर्धारित प्रदर्शन मिति आउन एक महिना मात्रै पनि बाँकी नहुँदा फिल्मको प्राविधिक कामहरु नसकिएको भन्दै निर्माण टिमले प्रदर्शन हेरफेर गरेको हो । निर्देशक बिसीले भने, ‘फिल्ममा समावेश हुने २० प्रतिशत भिएफएक्सको कामलाई समय अभाव भएको तथा आवश्यक प्रचार प्रसारमा समय निकाल्न नसकेकोले रिलिज सार्न बाध्य भयौँ, फागुन १७ बाहेक उपयुक्त डेट भेटेनौँ ।’

रोचक कुरा के छ भने सोहि मितिमा स्टार अभिनेता अनमोल केसीको फिल्म ‘क्याप्टेन’ लाग्दैछ । प्रायः कुनै पनि मेकरहरु अनमोलको फिल्म प्रदर्शन हुँदा जुध्य चाहँदैनन् । तर ‘होस्टेल’बाट अनमोललाई डेब्यू दिएका अनि अनमोलको गडफादरको उपमा पाएका हेमराज भने ‘क्याप्टेन’सँगै आफ्नो फिल्म रिलिज गर्न तयार भएका छन् ।

‘उक्त मितिमा पर्याप्त बिदा भएको र नेपाली फिल्मको बजारले दुई फिल्म धान्ने अवस्था आइसकेको भन्दै ‘ब्रेकअप’ भर्सेज ‘क्याप्टेन’ हुँदा कुनै समस्या नआउने निर्देशक बिसी बताउँछन् । ‘जुधाउन खोजेको हैन, सँगसँगै आउँदा दुबै फिल्मलाई फाइदा हुन्छ, बिसीले भने, ‘एउटा फिल्म हेर्ने दर्शकले अर्को फिल्म पनि हेर्नसक्छन् पहिलेको मितिमा ‘चौका दाउ’ थियो, यो मितिमा क्याप्टेन हुँदा पनि आपत्ति छैन ।’ ठुलो लगानीका कारण फागुन भन्दा पछि जान नसक्ने भएका कारण उक्त मिति रोजेको बिसी बताउँछन् ।

हेमराज बिसी निर्देशित फिल्ममा रुपक थापा, दीपक खतिवडा, रेनु राणा र हेमराज बिसी लगानी रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन भने सुरेन्द्र पौडेलले सम्पादन गरेका छन् । फिल्ममा आशिर र शिल्पासँगै इच्छा कार्की, रेमनदास श्रेष्ठ, सरोज खनाल लगाएतका कलाकारहरुको मुख्य अभिनय रहेको छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.