नआउने भयो फाल्गुनमा विपिनको ‘जात्रै जात्रा’

चर्चित अभिनेता विपिन कार्की अभिनित फिल्म ‘जात्रा’को सिक्कवेल ‘जात्रै जात्रा’ फाल्गुन १७ मा प्रर्दशन नहुने भएको छ । केहि समय अगाडी अभिनेता विपिन कार्की फिल्मको छायांकन स्थलमा जानेक्रममा कलंकी स्थित उनको मोटरसाइकललाई अर्को मोटरसाइकलले ठक्कर दिएपछि उनको दाहिने खुट्टा भाचिएको थियो। र चिकित्सकका अनुसार उनले अझै एक महिना आराम गर्नु पर्नेछ। जसको कारण फिल्मको छायांकन अबरुद्ध भएको छ।

सो कारण पनि फिल्मलाई तोकिएको समयमा प्रर्दशन गर्न नसकिने फिल्मका निर्देशक प्रदिप भट्टराईले जनाएका छन् । भट्टराईका अनुसार, अब केहि दिनमा फिल्मका निर्माता तथा वितरकसंग छलफल गरेर फिल्मको नयाँ प्रर्दशन मितीको घोषणा गरिनेछ ।

प्रदिप भट्टराईको निर्देशन रहने फिल्ममा उनैक कथा रहनेछ भने फिल्ममा सिंगे लामा र यादव पौडेल निर्माता रहेका छन् । छायांकन शिवराम श्रेष्ठको रहने फिल्मलाई सम्पादन मित्र डी गुरुङको रहेको छ भने फिल्मलाई असन र बौद्धमा खिचेका छन् ।

फिल्ममा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झाको मुख्य अभिनयमा रहेको फिल्ममा यिनका अलावा प्रकाश घिमिरे, सोहित मानन्धर, अन्जु महर्जन, सुस्मिता कार्की, प्रेम पाण्डे, कालु राना, प्रियंका झा, कविन्द्र त्रिपाठी लगायतको अभिनय रहेको छ ।
यो पनि पढ्नुहोस्:
‘द ब्रेकअफ’को ठाउँमा अनमोलको क्याप्टेन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.