बलिउडका यी अभिनेत्री, जसको मृत्यु रहस्यमय रहयो

बलिउड फिल्म उधोग सर्वाधिक रुचाइने फिल्मी क्षेत्र । हरकोहीको चाहना हुन्छ बलिउड क्षेत्रमा आफुलाई स्थापित गर्ने तर कमैमात्रको त्यो चाहना पुरा हुने गर्दछन । नेपाली फिल्म उधोगका पनि धेरै अभिनेता-अभिनेत्री छन् जसको चाहना कलिउड भन्दा पनि बलिउडमै स्तापित हुने तर प्राय अशफल हुने गर्द्छन् भने बलिउड एउटा त्यस्तो क्षेत्र पनि हो जहाँ अभिनेता-अभिनेत्रिको मृत्यु प्राय रहस्यमय नै रहने गर्छ ।

बलिउडका यी अभिनेत्री, जसको मृत्यु रहस्यमय रहयो ।

श्रीदेवि > बलिउडकी चर्चित नायिका श्रीदेवीको मृत्यु बाथटपमा डुबेर भएको खबर सार्वजनिक भएको थियो । दुवै पुगेकी उनको मृत्यु फेबु्रअरी २४ को राति दुबईमा भएको थियो । उनको मृत्युले बलिउड मात्र नभएर अन्य विभिन्न देशहरुमा रहेका उनका फ्यानहरुलाई समेत निकै दुखि बनाएको छ । उनले मोम, नागिन, लम्हे, ईंग्लिश विंगलिंस जस्ता विभिन्न फिल्महरुमा अभिनय गरेकी थिन ।

दिब्या > भारतीबलिउडकी अर्की चर्चित नायिका दिब्या भारतीको मृत्यु १९९३ अप्रिल ५ मा १९ वर्षको उमेरमा भएको थियो । हिन्दी र तलेगु लगाएतका विभिन्न फिल्महरुमा अभिनय गरेकी भारतीले सानै उमेरमा धेरै सफलता प्राप्त गरेकी थिन । उनले दीवाना, रंग, शोला ओर सबनम, गीत लगाएतका फिल्महरुमा अभिनय गरेकी थिन । उनको मृत्यु एक अपार्टमेन्टको कौसीबाट खसेर भएको भनिएता पनि उनको मृत्युलाई हत्याको नाम दिएर विवाद समेत भएको थियो । तर अहिले सम्म पनि उनको मृत्यु रहस्यनै रहेको छ ।

स्मिता पाटिल > बलिउडकि अर्की चर्चित नायिका स्मिता पाटिल उनको जन्म १९५५ अक्टुबर १७ मा भएको थियो भने जसको मृत्यु १९८६ को १३ बच्चा जन्मिदा उत्पन्न प्रसुतीजन्य जटिलताका कारण भएको भनिएको थियो । जसको खास कारण अहिले सम्म पनि खुलेको छैन ।उनले अर्थ, भूमिका, वासिस, मिर्च मसाला लगाएतका धेरै फिल्महरुमा अभिनय गरेकी थिन ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.