‘प्रसाद’को मर्म स्पर्शी गीत ‘बरै क्यारी बाचौला’ सार्वजनिक

मङ्सिर २१ गतेबाट प्रर्द्शनमा आएको फिल्म‘प्रसाद’मा समावेश ‘बरै क्यारी बाचौला’बोलको गीत सार्वजनिक भएको छ । शनिबार फिल्म निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा ‘नेपाल आइडल सिजन २’मा टप ४ मा प्रतिस्पर्धा गरिरहेका बिक्रम बरालको स्वर, सुवाष भुसालको शब्द/संगीत, उदय राज पौडेलको एरेन्ज तथा लोकेश बज्राचार्यको सम्पादन रहेको छ ।

स्याड भर्सनमा रहेको उक्त गीत निकै मर्म स्पर्शी रहेको छ भने गीतमा विपिन कार्की र नम्रता श्रेष्ठ फिचर्ड रहेका छन्।

अन्तरजातिय विवाह र निसन्तान दम्पतीको कथामा आधरित रहेर निर्माण भएको फिल्मको कथा, पटकथा तथा संवाद रंगपत्रकार सुशील पौडेलले लेखेका हुन् भने फिल्ममा नम्रता श्रेष्ठ, विपिन कार्की, निश्चल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्;
अनमोललाई पछि पार्दै अशोक दर्जीको ‘चौरीको चाम्रो छुर्पी’

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.