आरोपको ‘ए मन’

अमर ओलिको निर्देशनमा निर्मित फिल्म ‘आरोप’मा समावेश ‘ए मन’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा र नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको स्वर, यस.के अधिकारिको शब्द/संगीत तथा कमल राईको कोरियोग्राफी रहेको छ । गीतको भिडियोमा संचिता लुइँटेल र किशोर खतिवडा फिचर्ड रहेका छन् ।

दिलासा क्रियसन को ब्यानरमा निर्माण भएको फिल्मलाई बिजय पाठक र दिनेश राउतको निर्माण गरेका हुन् भने फिल्ममा लक्ष्मण सुवेदीको कथा, ,बिरेन्द्र भट्टको छायांकन रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित रहेर निर्माण गरिएको फिल्ममा किसोर खतिवडा ,सन्चिता लुइँटेल ,रिचा थापा,उद्धव गिरी , प्रेम खड्का लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म माघ ११ गतेबाट देशव्यापी प्रर्दशनमा आउने छ ।

यो पनि पढ्नुहोस्:
‘प्रसाद’को मर्म स्पर्शी गीत ‘बरै क्यारी बाचौला’ सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.