‘कागजपत्र’को पोस्टर सार्वजनिकसँगै प्रर्द्शन मिती तय

फिल्म ‘कागजपत्र’को अफिसियल पोस्टर सार्वजनिकसँगै प्रर्द्शन मिती पनि तय गरिएको छ । फिल्म चैत्र ८ गतेबाट देशब्यापी प्रदर्शन आउने भएको छ भने सार्वजनिक ४ पोस्टरमा फिल्मका मुख्य कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखकलाई देखाइएको छ ।

इपी एजुकेशन अष्ट्रेलियाको प्रस्तुतकर्ता रहेको फिल्म वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । फिल्ममा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ ।

सामाजिक तथा कमेडी कथामा निर्माण भएको कागजपत्रमा खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको छन भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्माताको रुपमा रहेका छन् । फिल्ममा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायाँकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।

यो पनि पढनुहोस्;
बलिउडका यी अभिनेत्री, जसको मृत्यु रहस्यमय रहयो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.