‘प्रेम संसार’को शुभ मुर्हत सम्पन्न

फिल्म ‘प्रेम संसार’ बन्ने भएको छ । राजधानीको भद्रकाली मन्दिरमा बिहिबार शुभ मुर्हत गर्दै फिल्म बन्ने जानकारी निर्माण टिमले दिएको छ । समाजिक प्रेम कथामा निर्माण हुन लागेको यो फिल्मको मुर्हत सर्टको निर्देशन सोभित बस्नेत, कल्याप उत्तम केसी, क्यामारा स्वीच अन रबि कार्कीले गरेका छन् भने फिल्मका कलाकार प्रेम सोनी, मोनिका दाहाल र आयुष्मा कार्कीले मुहर्त सर्ट दिएको कार्यक्रमा अस्मिता भण्डारीले नरिबल फोडेकी थिइन ।

सोनी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्मलाई प्रेमबहादुर सुनार र कमल सुनारले निर्माण गर्न लागेका हुन । प्रेम सोनीको कथा लेखन, शंकर महर्जनको द्वन्द्व, रामचन्द्र गौतमको पटकथा÷सम्वाद, दिपेन वस्नेतको छायाँकन, प्रेम शर्माको सम्पादन रहने चलचित्रमा एकिन्द्र सारा शंकरको नृत्य निर्देशन रहने छ ।

काठमाडौं, पोखारा, चितवन, पर्वत, स्याङ्जालगायतका स्थानमा छायाँकन गरिने यो फिल्ममा प्रेम सोनी, मोनिका दाहाल, विविशा पाण्डे, सोभित बस्नेत, उत्तम केसी, आयुषमा कार्की, रामचन्द्र अधिकारी, शुरवीर पण्डित, लक्षमणविक्रम बस्नेत, राजकुमार शाह, सुदन धिताल, अस्मिता भण्डारी, सिता वि.क., सुनिल वि.क., श्रृष्टी सुनार, गणेश सुनार, सौगात शोनी, प्रज्जवल सोनी, विशाल सोनी, सूर्य विश्वकर्मा, हिरालाल विश्वकर्मा, राजकुमार पौडेल, अर्जुन पौडेल लगातका कलाकारको अभिनय रहनेछ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.