‘रणवीर’को ‘ तिरीमिरी तिरीमिरी तीन तारा ‘

फिल्म ‘रणवीर’मा समावेश ‘तिरीमिरी तिरीमिरी तीन तारा’बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले शनिवार युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा सुशील सिटौला, सुबेक्ष्या खड्का, सुपुष्पा भट्ट र राजन राज शिवाकोटीको मुख्य अभिनय रहेको छ ।

सार्वजनिक गीतमा अन्जु पन्त र राजन राज शिवाकोटीको स्वर, शिवाकोटीकै शब्द/संगीत, राजन इशानको एरेन्ज, रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतलाई कृष्ण भण्डारीले सम्पादन गरेका छन् ।

एक्सन जनरामा निर्माण भएको उक्त फिल्ममा गोविन्द सिंह भण्डारीको निर्देशन तथा दीपेन्द्र रेग्मी र गोमा बिष्ट थापाले निर्माण गरेका हुन् । फिल्ममा शुशिलका अलावा प्रशान्त ताम्राकार, शुभेच्छा खड्का, सुपुष्पा भट्ट, टीका पहारी, हरिहर शर्मा, भोलाराज सापकोटा, जीवन भट्टराई, नरेश पौडेल, रबी गिरी, जगदिश रिजाल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्;
‘प्रेम संसार’को शुभ मुर्हत सम्पन्न

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.