नेपाल आइडलको विजेता सधै किन विवादमा ?

सुत्र इन्टरटेन्मेन्ट- यो बर्षको नेपाल आइडल सिजन २ को फाइनल सकिएको छ । नेपाल आइडल २ को फाइनल सकिएसँगै विजेतालाई लिएर सामाजिक संजालमा दुई प्रकारका समुह देखिएका छन् । कुनै पनि नजिताबाट सबै मानिस खुशी हुन सक्दैनन् । तर, यसको अर्थ यो होइन कि, जो विजेता भयो उ लायक नै थिएन ।

पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा हुँदा धेरैले उनी भोटका कारण उपाधि जित्न सफल भएको टिप्पणी गरे । सो समयमा निशान भट्टराइलाई प्रमुख दाबेदारको रुपमा हेरिएको हो । तर, वुद्धले निशानको भन्दा १ करोड बढी भोट ल्याए र उपाधी जिते ।
यो बर्ष अर्थात सिजन २ मा पनि मुख्य दाबेदारको रुपमा पोखराका विक्रम बराललाई हेरिएको थियो । तर, यसपटक सुदुरपश्चिमका रवि ओडले उपाधि जिते । रवि ओडले उपाधि जितेपछि अहिले सामाजिक संजाल फेसबुकमा यसकै विषयमा चर्चा बढी छ ।

यो बर्षको नेपाल आइडलले गत बर्षको नेपाल आइडलको जस्तो चर्चा पाउन सकेन । तर, फाइनलमा आउँदै गर्दा रवि ओडले जब नेपाल आइडल २ जिते, सामाजिक संजालमा प्रशंसा र आलोचना भेटियो ।
रवि ओडले नेपाल आइडल जित्दा पनि भोटिङकै कुरा आएको छ । गरिबी र दुखलाई हेरेर मानिसहरुले भावानात्मक रुपमा भोट दिएको भन्दै आलोचना गरिएको छ भने कतिपयले रवि उपाधिका लागि दाबेदार भएको समेत बताएका छन् ।

नेपाल आइडल जब उत्कृष्ट १० मा पुग्छ, जब यसको फर्माट परिवर्तन हुन्छ । किनकी, यो नेपालको आयोजकले आफै उत्पादन गरेको शोज होइन । यो एक फ्रेन्चाइज हो ।
यसैले पनि जुन नियम यसको अन्तरराष्ट्रिय रुपमा नै लागू हुन्छ, यो नेपालमा पनि लागू हुन्छ । नेपाल आइडल हुँदैमा त्यो प्रतिभाले सांगीतिक क्षेत्रमा तहल्का नै मच्चाउँछ भन्ने होइन । फस्ट रनरअप भएका विक्रम बरालले भोली गएर सांगीतिक क्षेत्रमा तहल्का मच्चाउन पनि सक्छन् ।

रवि ओड र वुद्ध लामाको विरोध गरिरहँदा एकपटक प्रशान्त तामाङको कुरा संझन लायक छ । प्रशान्त तामाङ नेपाली थिएनन्, नेपाली मुलका थिए । तर, नेपालीको भोटकै कारणले गर्दा प्रशान्तले इन्डियन आइडल जितेका थिए । यसपछि, उनले भारतमा कुनै त्यस्तो चमत्कार गर्न सकेनन् । नेपालमा पनि उनी खासै चलेनन् । तर, प्रशान्तले नेपाली ढाका टोपी लगाएर इन्डियन आइडलको ताज समात्दै गर्दा मध्यरातमा नेपालमा जुलुस निस्किएको थियो । नविर्सौ कि उनले पनि भोटकै आधारमा इन्डियन आइडल जितेका थिए ।

यसैले प्रशान्त तामाङले इन्डियन आइडल जित्दा मध्यरातमा जुलुस निकाल्ने हामीले रवि ओडले नेपाल आइडल जित्दा भोटले जित्यो, गरिबीले जित्यो भनेर तर्क दिनुको तुक कती होला ?
नेपाल आइडलको फर्माट भोटिङमा आधारित छ । भोट उनले पाउन सके र जिते । गायनमा उनी अब्बल नभएको भए उत्कृष्ट १० सम्म पुग्न पनि मुश्किल नै थियो होला । यसैले, भोटकै आधारमा छनोट हुने शोजमा भोटले जित्यो भनेर विरोध गर्नुको अर्थ कति होला ?

यो पनि पढनुहोस्:

मिडियाको साथ मात्र खोज्ने कि आफूलाई पनि ब्रान्डिङ गर्ने ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.