यस्तो छ फिल्म ‘सयकडा दश’को चार पोस्टर

भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक फिल्मका चार पोस्टरमा फिल्मका सम्पूर्ण अभिनेता अटाएका छन् । पोस्टरअनुसार फिल्मको बटम लाइन ‘करप्सन भर्सेस लभ’ हो ।

निर्देशक रामशरण पाठकले फिल्मले प्रेम र समाजमा आर्थिक भ्रष्टाचारले पर्ने असरको दृश्य चर्चा गर्ने बताएका छन । मनोज गजुरेल अभिनित उक्त फिल्म उनको डेब्यु फिल्म हो ।

उनका अलावा फिल्ममा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय रहेको फिल्मलाई निर्देशक पाठक स्वयमले लेखेका हुन् ।

रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । निर्माणका लागि दर्शन नेपालले डीआर म्युजिक एन्ड ट्रेडिङसँग सहकार्य गरेको छ ।

घरमा रिलिज अगाडि फिल्मले अंग्रेजी नयाँवर्ष २०१९ छेकोमा थाइल्यान्ड र म्यानमारदेखि प्रदर्शन थालनी गर्ने जनाएको छ ।

फिल्म माघ १८ गते देशब्यापी प्रदर्शन हुँदैछ ।

यो पनि पढनुहोस्;
फिल्म ‘आरोप’ को ट्रेलर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.