पुन’लभ स्टेशन’को प्रर्द्शन मिती परिवर्तन

चैत ९ गतेलाई आफ्नो प्रर्द्शन मिती तय गरेको फिल्म ‘लभ स्टेशन’ले फेरी आफ्नो प्रर्द्शन मिती परिवर्तन गरेको छ । निर्माण टिमका अनुसार अब फिल्म चैत ९ नभएर चैत्र ८ मा हल आउने सम्भावना प्रवल रहेको छ ।

‘लभ स्टेशन’सङै ९ गते ‘द म्यान फ्रम काठमाडौं’ आउने भएपछि ‘लभ स्टेशन’ ले आफ्नो प्रर्द्शन मिती परिवर्तन गरेको हो ।

प्रेमकथामा आधारित यो फिल्मको दर्जिलिङ, कलिङपोङ, मिरिक, फिक्कल, कन्याम, इलाम, श्रीअन्तु हुँदै काठमाडौं उपत्यकामा छायाँकन गरिएको छ ।

उज्ज्वल घिमिरेले निर्देशनमा निर्माण भएको फिल्म ‘लभ स्टेशन’मा प्रदीप खड्का, जसिता गुरुङ, रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु रानाको मुख्य भूमिका रहेको छ ।

लभ स्टेशनलाई काफिया फिल्मस्को व्यानरमा काफिया शाही र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । आलोक शुक्लाको छायाँकन रहेको लभ स्टेशनमा शम्भुजीत बासकोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ ।

यो पनि पढ्नुहोस्;
‘पेला द डिभा नेशनल २०१८’बनिन गोंगबुकी गरिमा सिंह

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.