फिल्म ‘कोपिला’को शुभ मुहुर्त सम्पन्न

समाजीक कथा बस्तु बोकेको फिल्म ‘कोपिला’को शुभ मुहुर्त सम्पन्न भएको छ । शिवम अधिकारीको लेखन तथा निर्देशनमा बन्ने फिल्म को आइतबार चितवनको हाकिमचोकमा रहेको मलिका मन्दिरमा मुहुर्त गरिएको हो । कार्यक्रममा फिल्मका कलाकारहरु सरिता गिरी, गणेश गिरी र सन्जिवनी खरेलले मुहुर्त सट दिएका थिए ।

गणेश गिरिको प्रस्तुती रहेको कोपीलामा फिल्म पत्रकार मणिराज गौतम र चितवनका युवा व्यवसायी करुणकर घिमिरेको लगानी रहेको छ भने सुबास काफ्ले कार्यकारी निर्माता रहेका छन् ।

फिल्ममा समिर मिया,रामेश्वर कार्की सह निर्माताको रुपमा रहेका छन । फिल्ममा सरिता गिरी, गणेश गिरी, सन्जीवनी खरेल, ऋद्दीचरण श्रेष्ठ, बिमल पौडेल, पुष्प आचार्य, सुशान्त श्रेष्ठ, अस्मिन घिमिरे, अस्मिता जुरेली, प्रतिक्षा खड्का, प्रक्रिती खरेल, राखी क्षेत्री लगायतको अभिनय रहने बताईएको छ ।

फिल्ममा रमेश्वर कार्कीको छाँयाकन, समिर मियाको सम्पादन र दिपक शर्माको संगीत रहने छ । चितवन आसपासमा छाँयाकन गरिने फिल्म करिब ८० लाख लगानीमा निर्माण हुने बताईएको छ ।
यो पनि पढनुहोस्
नालापानी पुनः छायाँकनमा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.