फिल्म ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक

फिल्म ‘गरुड पुराण’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । फिल्म निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त ट्रेलर २ मिनेट ४४ सेकेन्डको छ । जुन पूर्ण कमेडीमय रहेको छ ।

पारिवारिक प्रेमकथामा आधारित फिल्ममा सुबास कोईरालाको निर्देशन आकाश बराल, बिनोल खतिवडा र सुवास तथा अजित प्रजापति र अशोक गौतम निर्माता रहेका छन् । सुसन प्रजापतिको छायाँकन रहेको फिल्मलाई उज्ज्वल ढकालले सम्पादन गरेका छन ।

फिल्ममा कर्मा शाक्य, नाजिर हुसेन, प्रियान्क सिंह ठकुरी, कामेशोर चौरस्यि , प्रबिन खतिवडा, प्रकाश घिमिरे, रश्मी भट्ट, लूनिभ तुलाधार, बसन्त भट्ट, कृष्ण भक्त महर्जन, जनवी बोहोरा, कमल प्यासी देवकोटा, सरोज श्रेष्ठ, केशब सिंह ठगुन्न, सगर ढकाल, गणेश बश्याल लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्म माघ ४ गतेबाट देशब्यापी प्रर्द्शनमा आउँदै छ ।

यो पनि पढ्नुहोस्:
नालापानी पुनः छायाँकनमा

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.