‘चौका दाउ’को फस्टलूक पोस्टर सार्वजनिक

पौष २७ गतेबाट देशब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘चौका दाउ’को फस्टलूक पोस्टर सार्वजनिक भएको छ । केही समय अगाडि फिल्म निर्माण टिमले फिल्मको तीन पोस्टर सार्वजनिक गरेको छ । जसमा फिल्मका मुख्य-मुख्य पात्रहरु बर्षा राउत , रबिन्द्र झा, विल्सन बिक्रम राई, सन्तोष पन्त र तैयब शाह लगाएतका अन्य केही कलाकारहरु अटाएका छन ।

पुणेन्दु झाको निर्देशनमा तयार भएको फिल्मलाई सौर्यजित बास्कोटा र मनोजराज भण्दारीले मिलेर निर्माण गरेका हुन । फिल्ममा संगीतकार बास्कोटाकै कथा, दीर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ ।

सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘चौका दाउ’मा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्:
फिल्म ‘गरुड पुराण’को ट्रेलर सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.