‘अनागत’ को ‘कसलाई पोखु’ बोलको गीत सार्वजनिक

अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापाको अभिनय रहेको फिल्म ‘अनागत’ को ‘कसलाई पोखु’बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त गीतमा प्रियंका कार्की र सुरज साही ठकुरीको स्वर, सुरज साही ठकुरी र सम्तेन भुटियाको शब्द, ठकुरीकै संगीत कम्पोज रहेको छ ।

साम्तेन भुटिया निर्देशित फिल्म माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र साम्तेन भुटिया निर्माता रहेका छन् । फिल्ममा अर्पण र प्रियंका कार्की, प्रविण खतिवडा र रोशिन सुवेदीको मुख्य अभिनय रहेको छ ।

फिल्म माघ ११ गतेबाट प्रर्द्शनमा आउने छ ।

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.