‘नाट्यश्वर म्यूजिक अवार्ड’मा शिब नारायण जोर्शी लाईफ टाईम, ‘मह’जोडीलाई नाट्यश्वर दिर्घ कलाकारिता सम्मान गरिने

‘नाट्यश्वर हामि सबै कलाकारहरुको शान, कला र कलाकारिताको जगेर्ना गर्ने हाम्रो अभियान’भन्ने मूल नाराको साथहुनगईरहेको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’को पत्रकार सम्मेलन काभ्रेस्थित बनेपामा सम्पन्न भएको छ ।

शुरुमाप्रदेश नम्बर ३ को मात्र समावेश हुने भनिएको ‘नाट्यश्वर म्यूजिक अवार्ड २०७५’ लाई अन्तिमअवस्थामा राष्ट्रिय स्थरमा नै अवार्ड आयोजनागरिएको हो ।

अवार्डका उत्कृस्ट पाँचमनोनयन सार्वजनिक र प्रमाण पत्रवितरण भईसकेको छ । पुष १३ गतेका दिन सम्पन्नहुने भनियको उक्त अवार्डलाई यहि माघ १२ गते शनिबार काभ्रेको बनेपास्थितपन्चकन्याब्यान्केटमा भब्य र शब्य रुपमा सम्पन्न गरिने भएको छ ।

राष्ट्रियस्तरका चर्चित कलाकारहरुको उपस्थिति रहने उक्त अवार्ड समारोहमातामाङ्ग सेलो, म्हेन्दोमाया, लोक दोहोरी, आधुनिक र पपविधामाकलाकारहरु अवार्डेड हुदै छन् । कुल ४४ विधामाहुने उक्त अवार्डमाप्रदेश र राष्ट्रिय स्तरका कलाकारको समायोजन समेत गरिनेछ ।

अवार्डमाचर्चित लोक गायक, काठ क्षेत्रकालोक दोहोरीका हस्ती शिब नारायण जोर्शी लाईफ टाईम एचिभमेन्ट अवार्डबाट सम्मानितहँुदै हुनुहुन्छ ।त्यसैगरी कलाकारिता क्षेत्रको एक अभिन्नअंगअनि हस्ती ‘मह’जोडी हरिवंशआचार्य, मदनकृष्ण श्रेष्ठ नाट्यश्वर दिर्घ कलाकारिता सम्मानबाट सम्मनितहुदै हुनुहुन्छ ।

भने नाट्यश्वर दशक सम्मान बसुन्धरा भुसाल, नाट्यश्वर रत्न सम्मान रामचन्द्र कोईराला, उत्तम केसी, भूवनचन्द, चैत्यदेबी सिंह, जिवान पराजुली, गायिका रमिलान्यौपानेलाई प्रदानगरिदै छ । नाट्यश्वर बिषेश सम्मानबाट सरु थापा, नाट्यश्वर उत्कृस्ट संस्था सम्मानहारती ईङ्ग्लिस स्कुल, नाट्यश्वर प्रतिभा संम्मान रोमान्यौपाने, नाट्यश्वर बिषेश सम्मान हरि कर्माचार्य, नाट्यश्वर समाजसेवा सम्मानबाट भोलाथापा सम्मानितहुने भएका छन् ।

नेपालीकला संगीत क्षेत्रमा रहेर योगदानदिँदै हालकाभ्रे जिल्लाको रोशीगाउपालिकाको प्रमुखभएर कार्य गरिरहनु भएकाआदरणीय डीबी लामालाई नाट्यश्वर कला सम्मानअर्पण गरिने भएको छ ।

साथै अन्य अवार्डहरुभन्दा फरक रुपमा सम्पन्नगर्दै यस अवार्डमा मेकअप आर्टिस्ट, लाइटम्यान, एरेञ्जर, बाध्यबाधक सम्मान, दोहोरी साँझगायक र गायिका सम्मान समेत गरिने भएको छ ।

साथै नेपालीगीतसंगीत क्षेत्रलाई अगाडी बढाउँन आफ्नो कलमको माध्यमबाट सहयोग पु¥याउने पत्रकार समेत साम्मनित हुदै छन् । नाट्यश्वर मोफसलकलापत्रकारिता सम्मान उत्तरगया दैनिक र नुवाकोट जागरण साप्ताहिकको प्रकाशकतथा सम्पादकशिब देबकोटा, नाट्यश्वर कलापत्रकारिता पुरुषोत्तम बस्नेत, बलरामश्रेष्ठ, सुर्य चन्द, स्वस्तिकाचिलवाल, प्रकाशतिमल्सिना र काभ्रे जिल्लामा नै कार्यरत रहि कलापत्रकारितामा आफ्नो कलमचलाउने दूई जनापत्रकार समेत सम्मानित गरिनेछ । जसको नामबिभिन्न संस्थाको समन्वयमा तय गरिनेछ ।

यो पनि पढनुहोस्:
नेपाल आइडल सिजन- २ का विजेता रवि ओडको आमाको करेन्ट लागेर मृत्यु

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.