स्टारहरुले नाफाको ग्यारेन्टी गर्न सक्छन् कि सक्दैनन् ?

सुत्र इन्टरटेन्मेन्ट- अभिनेता प्रदिप खड्काले रोज फिल्मका लागि २२ लाख पारिश्रमिक लिए । २२ लाख पारिश्रमिक लिएको हिरोले सिनेमालाई नै बोक्ने मात्र होइन लगानी उठाएर निर्मातालाई सुरक्षित गर्न सक्ने हिम्मत पनि राख्नपर्छ ।
तर, यो सिनेमा चलेन । सिनेमा नचल्दा निर्माता मुर्छित बने । प्रदिपले भने २२ लाख रुपैयाँ लिए ।

फिल्म लिलिबिलीका लागि पनि प्रदिपले यस्तै पारिश्रमिक लिएका थिए । तर, यो सिनेमा पनि व्यापारिक रुपमा सफल भएको छैन । सिनेमा नचल्दा निर्माताविच लफडा चलिरहेको छ । तर, प्रदिपले आफ्नो स्टारडमको घमण्ड देखाउँदै लिएको महंगो पारिश्रमिकले निर्मातालाई कुनै फाइदा भएन ।

प्रदिप मात्र होइन, नेपाली फिल्ममा स्टार भनेर चिनिएका कलाकारको पारिश्रमिक अहिले जुन पायो त्यही निर्माताले आट गर्ने खालको नै छैन । अभिनेता अनमोल केसीले फिल्म कृका लागि २० लाख पारिश्रमिक लिए । यो सिनेमामा उनको ज्यान बनाउने क्रममा निर्माताले अरु खर्च गरे । अनमोलकै कारणले यो फिल्मको एउटा गीत करिब ४० लाख खर्चिएर स्कटल्याण्ड पुगेर खिचियो ।

फिल्म हलमा चल्यो । सिनेमाको बजेट नै करिब ४ करोड पुगेको थियो । सिनेमाले नेपालबाट लगानी उठाउन नै सकेन । यसरी हेर्दा सिनेमा घाटामा छ । अभिनेता केसीले लगानी सुरक्षित गरिदिन सकेनन् ।
अभिनेता पल शाहले पनि अहिले २० लाख पारिश्रमिक लिन थालेका छन् । तर, उनको फिल्मको बजार हेर्दा त्यो तहमा उनी पुगेको देखिदैन । यति महंगो पारिश्रमिक लिने हिरोले फिल्म चल्ने र निर्माता कमसेकम सुरक्षित हुने ग्यारेन्टी गर्न सक्नपर्छ ।

नेपालमा हिरोले महंगो पारिश्रमिक त लिन्छन् । तर, उनीहरुले सिनेमाको नाफामा शेयर लिन सकेका छैनन् । अब, अभिनेता पल शाह, अनमोल केसी, प्रदिप खड्का जस्ता कलाकारले यो जोखिम उठाउन आवश्यक छ कि छैन ?
अभिनेता दिपकराज गिरीले निर्माता रोहित अधिकारीसँग यहि जोखिम उठाएका छन् । उनी, यसरी जोखिम उठाउने पहिलो कलाकार पनि सायद होलान् । उनले, सिनेमा हिट भएको खण्डमा नाफाको ५० प्रतिशत लिने भएका छन् ।

सिनेमा घाटा भएको खण्डमा दिपकले कुनै पनि पारिश्रमिक लिने छैनन् । यसको अर्थ उनले आफ्नो स्टारडममा पूर्ण रुपमा विश्वास गरेका छन् ।
नेपालमा पनि अब कलाकारले यो रिक्स उठाउन सक्नुपर्छ । किनकी, सधै निर्मातालाई मात्र मारेर हुँदैन । फिल्मका लागि ३० लाखदेखि ५० लाखसम्म लिने कलाकारले आफू स्टार छु र आफूलाई हेर्न दर्शक आउँछन् भनेर प्रमाणित गर्न सक्नुपर्छ । यसका लागि उनीहरुले निर्मातालाई निर्धक्क भएर लगानी गर भनेर बातावरण दिनपर्छ ।

५० लाख पारिश्रमिक लिने अनी सिनेमा चलेन भने मौन बस्ने अवस्था राम्रो होइन । किनकी, नाफाको ग्यारेन्टी दिन नसक्ने कलाकारले यति महंगो पारिश्रमिक किन लिने ?
दिपकराज गिरीले रोहित अधिकारीलाई सोही विश्वास दिलाएका छन् । सोही विश्वासका आधारमा नै रोहितले दिपकलाई ५० प्रतिशत नाफा दिन तयार भएका हुन् । के नेपालका सुपरस्टार मानिने कलाकारले यो जोखिम उठाउन सक्लान् ? दिपकले त उनीहरुलाई चुनौती दिएका छन् ।

यो पनि पढनुहोस्:

नेपाल आइडलको विजेता सधै किन विवादमा ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.