रवि ओडको जीवनः गरिबी, खुशी अनी विपत्ती

सुत्र इन्टरटेन्मेन्ट- रवि ओडले सानैमा आफ्नी आमा गुमाए । तर, उनका बाबुले दोश्रो बिहे गरेर ल्याएकी बिष्णा ओडले रविलाई कहिले पनि सौतेनी आमाको महशुश हुन दिएकी थिइनन् । रवि ओड आफ्नी सौतेनी आमा भएपनि बिष्णाको मायाले यति धेरै खुशी थिए कि, उनले बिष्णा आफ्नी सौतेनी आमा हुन् भन्ने नै विर्सिएका थिए ।

यसैले पनि भारतमा मजदुरी गर्ने आफ्नो बुबा, आमा बिष्णा र परिवारलाई सुख दिने अठोट उनको थियो । यही अठोटले त उनी कहिले कता कहिले भौतारिए त कहिले म्यादी प्रहरीको जागिर पनि खाए ।
तर, पनि रविको मनमा गुम्सिएको संगीत प्रतिको जुन लगाव थियो, त्यसले ज्वालामुखी विष्फोटनका लागि अलीकती नरम धर्ती खोजिरहेको थियो । उनका लागि यही धर्ती बन्यो, नेपाल आइडलको सिजन २ ।

नेपाल आइडलको सिजन २ मा अडिसन दिएपछि रविले पछाडि फर्किएर हेर्नु परेन । रवि निरन्तर रुपमा अगाडि बढिरहे । र अन्त्यमा देशभरबाट प्रतिस्पर्धा गर्न आएका हजारौ प्रतिस्पर्धीको विचबाट उनले नेपाल आइडल जिते ।

जितमा आलोचना र प्रशंसा

रवि ओडको जितमा आलोचना र प्रशंसा उस्तै भयो । किनकी, उनीसँगै अन्तिम ४ मा पुगेका विक्रम बराललाई दाबेदारको रुपमा हेरेकाहरु एकहोरो भए । विक्रम नै जितका लागि लायक भएको बताउने उनीहरुले रविको प्रतिभा नै मुल्यांकन गरेनन् । बरु, रविलाई उही गरिबी र दुख विसाएर भोट कमाएको आरोप लाग्यो ।

हुनत, हरेक ठाउँमा जितमा सुख र आलोचना दुबै मिल्छ । रवि ओड यी सबै आलोचनालाई किनारा लगाउँदै आफ्नी आमा र परिवारलाई सुख दिने सपनामा तल्लिन भैसकेका थिए । यसैले उनले जितेको कारको सट्टामा पैसा नै लैजाने बताएका पनि थिए । उनी आमाका लागि नयाँ सारी, आमा र बुबा बस्नका लागि नयाँ घर बनाउन चाहन्थे ।
नेपाल आइडलको अन्तिम ४ मा पुगेपछि उनी आफ्नी आमालाई भेट्नका लागि गाउँ पुगेका थिए । सो समयमा बिष्णाले रविप्रति देखाएको मायाले सबैको मन पग्लिएको पनि थियो । तर, रविको आमासँगको त्यो भेट नै अन्तिम बन्न पुग्यो ।

सुख साट्न नपाउँदै आएको विपत्ती

लामो समय छोराका लागि दिनरात नभनी काम गरेकी बिष्णाले उही छोराको खुशी हेर्न पाइनन् । बुधबार घरमै ह्यान्डपम्पबाट पानी तान्ने क्रममा उनको करेन्ट लागेर निधन भयो । छोराले आमा मैले नेपाल आइडल जिते है, अब तिम्रा दुखको दिन गयो है भन्न नपाउँदै बिष्णाले छोराको आँखामा आँशु थमाएर सदा सदाका लागि बिदा भइन् ।

बिष्णाको निधनले सामाजिक संजाल पनि रोयो । किनकी, खुशीमा रमाउँदै गरेका रविलाई यति ठूलो बज्रपात यति चाडो पर्छ भनेर कमैले मात्र सोचेका थिए ।
रवि ओडको जिन्दगीमा अब यो खुशी साट्नका लागि आमा छैनन् । उनले संगीतको दुनियाँमा जुन खालको नाम बनाउने सोच बनाएका छन्, त्यो सोचमा म छु है भन्ने आमा छैनन् । उनले, सारा दुनियाँको माया त पाएका छन्, तर आमाको न्यानो काखबाट बञ्चित हुनु परेको छ ।

रवि अब नेपालका आइडल हुन् । यो शोकलाई शक्तिमा बदलेर देशका सबै आमाको छोरा बनेर आफ्नी आमा बिष्णाको सपना साकार पार्ने शक्ति उनलाई भगवानले प्रदान गरुन ।

यो पनि पढनुहोस्:

स्टारहरुले नाफाको ग्यारेन्टी गर्न सक्छन् कि सक्दैनन् ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.