‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक

चैत्र ९ गतेबाट देशब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘जानी नजानी’को पहिलो गीत सार्वजनिक भएको छ । बिहीबार राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ‘एउटीलाई मुटुमा घर’बोलको गीत सार्वजनिक गरेको हो ।

गीतमा अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर, अर्जुन पोखरेलको संगीत, अम्बिका शर्माको शब्द, अर्जुन पोखरेलको एरेन्ज रहेको गीतमा मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड रहेका छन ।

रोशनी इन्टरटेन्मेनटको ब्यानरमा निर्मित फिल्म बसन्त अधिकारीको डेब्यु निर्देशन हो भने फिल्मलाई मोदनाथ खनाल र सागर काजी मालीको निर्माण गरेका हुन् । प्रेम कथामा आधारित फिल्ममा सामिप्यराज तिमिल्सेनाको कथा, संजय लामाको छायाँकन, कविराज गहतराज , प्रविन सिंह र शिशिर खातीको कोरियोग्राफी रहेको छ ।

फिल्ममा मनिष श्रेष्ठ, निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठका अलावा प्रकाश अधिकारी , कृष्ण भक्त महर्जन , रोशनी केसी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढनुहोस् :
‘हे गोरी’ कभर भिडियो प्रतियोगिता, उत्कृष्टलाई ५० हजार नगद पुरस्कार

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.