अर्पण थापाको निर्देशनमा ‘घर’ बन्दै

अर्पण थापाको निर्देशनमा नयाँ फिल्म बन्ने भएको छ । राजधानी स्थित एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘घर’ बन्ने औपचारिक घोषणा गरिएको छ । यो फिल्म पूर्णतया हरर कथामा निर्माण हुनेछ ।

फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्ममा शर्मिला पाण्डेले लगानी गर्दैछिन् । शर्मिलाले ‘लभ लभ लभ र चंगाचेट’मा लगानी गरेकी थिइन् । फिल्ममा सन्तोष अधिकारीको सह–लगानी रहनेछ ।

यस्तै, यो चलचित्रलाई अर्पण थापाले निर्देशन गर्दैछन् । निर्देशक थापाले भने–‘यो फिल्मले दर्शकलाई पूर्ण रुपमा तर्साउनेछ ।’

चलचित्रका लागि २ नायिकाको खोजी भैरहेको निर्माणपक्षले बताएको छ । कार्यक्रममा बोल्दै डीएस इन्टरटेन्मेन्टका एक सदस्य दीपेन्द्र के खनालले कथावस्तु राम्रो रहेकाले पनि लगानी गर्न लागेको बताएका थिए ।

एउटा ‘घर’ भित्र हुने घटनालाई चलचित्रले सस्पेन्स पारामा प्रस्तुत गर्नेछ । अर्पण थापाले नै फिल्मको कथा लेखेका हुन् । कार्यक्रममा निर्माता माधव वाग्लेले फिल्म सफलताको शुभकामना दिएका थिए । डीएस डिजिटलमा कलाकार सुरज पाण्डे पनि आवद्ध छन् ।

यो पनि पढनुहोस्:
‘जानी नजानी’को ‘एउटीलाई मुटुमा घर’ सार्वजनिक

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.