लगानी र पारिश्रमिक बिनानै रोहितको फिल्ममा दिपक राज गिरी

फिल्म निर्माण तथा कलाकारिताको क्षेत्रमा आफुलाई अब्बल सावित गरिसकेका निर्माता दिपक राज गिरीले फिल्म ‘गाजलु’को टिमसँग सह-कार्य गर्ने भएका छन ।

चैत्रको अन्तिम साताबाट फ्लोरमा जाने उक्त फिल्मको अहिले स्किप्ट लेखन कार्य भईरहेको छ । फिल्ममा दिपक राज गिरीको पनि मुख्य अभिनय रहने छ तर फिल्मका लागि उनले कुनै पनि पारिश्रमिक लिने छैनन भने उनको फिल्ममा लगानी पनि हुने छैन ।

फिल्म हिट भएमा नाफाको ५०% उनको भागमा पर्नेछ भने यदी फिल्म नचलेको खन्डमा गिरीको हात सुन्य हुनेछ ।

निर्माता रोहित अधिकारीको एकल लगानी रहने फिल्ममा दिपक बाहेक केदार घिमिरे (माग्ने बुढा )पनी फाइनल भईसकेका छन भने फिल्मका लागि अन्य कलाकारहरुको छनोट कार्य भईरहेको छ ।

यो पनि पढनुहोस्:
अर्पण थापाको निर्देशनमा ‘घर’ बन्दै

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.