जय श्री दामका कलाकारमाथि निर्देशकलाई नै छैन विश्वास

सुत्र इन्टरटेन्मेन्ट- कही नभएको जात्रा हाँडी गाउँमा भने जस्तै, कहि नभएको तरिका नेपाली फिल्ममा नै देखियो । फिल्म रिलिज गर्दा थोरै दृश्य बाहिरियो भने निर्माता तनावमा परेर पाइरेसीको मुद्दा हाल्न पुग्छन् । तर, फिल्म जय श्री दामका निर्माता र निर्देशकलाई खै के भयो, फिल्म रिलिज अगावै, सेन्सर नै नगरि १५ मिनेटको दृश्य युटुबमा हालिदिए ।

दर्शकले यो दृश्य मन पराएको खण्डमा फिल्म हेर्न आउँछन् भन्ने विश्वास उनीहरुमा देखियो । तर, यो सही तरिका भने होइन । यसले दर्शकलाई युटुबमै फिल्म हेर्ने बानी बसाइदिन्छ । फेरि, १५ मिनेट हेरिहालियो, बाँकी युटुबमै हेरौला भनेर बस्ने बानीको विकास हुनसक्छ ।

पढेर आएका भनिएका निर्देशक विप्लव उप्रेतीको यो तरिकालाई फिल्मीकर्मीले मन पराएनन् । विप्लवलाई त फिल्मका कलाकारमाथि नै भरोसा छैन । उनले फिल्मको पत्रकार सम्मेलनमा नै आफ्नो फिल्ममा कलाकार, बजेट ठूलो नभएको तर कथा बलियो भएको दाबी गरेका थिए । निर्देशकले कलाकार नै बलियो नभएको ठान्दा ठान्दै किन राखेका होलान् ?

जय श्री दामको १५ मिनेटको दृश्य बाहिरिएपछि यसले तहल्का नै मच्चाउँछ भन्ने सोचेका निर्देशकले त्यो अनुसार केही पनि प्रतिक्रिया पाएको सुनिएको छैन । दर्शक यो फिल्मको १५ मिनेट हेरेर तरंगित भएनन् ।

जय श्री दामको १५ मिनेट रिलिज कार्यक्रम हुँदा आफूहरु कमेडी फिल्म भनेर पनि नहाँसेको गुनासो पत्रकारहरुले गरेपछि विप्लवले हाँस्ने तरिका फेर्न उल्टै सुझाव दिए ।

छक्का पन्जाको जस्तो हाँसो मात्र हाँसो हो भन्ने सोच दर्शक र पत्रकारमा देखिएको भन्दै उनले त्यो फेर्न आग्रह गरेका थिए । तर, कमेडी फिल्मले दर्शक नहसाँए के गर्ने होला ?

जय श्री दामको व्यापार अब एक हप्तापछि थाहा लाग्नेछ । तर, निर्देशकमा देखिएको उच्च आत्मविश्वास र कलाकारप्रतिको अविश्वासले काम गर्छ कि गर्दैन होला ?

यो पनि पढनुहोस्;
स्टारहरुले नाफाको ग्यारेन्टी गर्न सक्छन् कि सक्दैनन् ?

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.