सरकारले गर्‍यो सुपरस्टार महेश बाबुको बैंक खाता बन्द

दक्षिण भारतीय सुपरस्टार महेश बाबुको बैंक खाता बन्द भएको छ । समयमै कर नतिरेको भन्दै वस्तु तथा सेवा कर विभागले उनको खाता सन्चालनमा रोक लगाएको हो ।

महेश बाबुले सन् २००७-८ मा गरेको आम्दानीबाट कर नबुझाएको भन्दै विभागले कारबाही स्वरूप उनको खाता बन्द गर्दिएको हो । उनले सन् २००७-८ मा उनले फिल्म तथा थुप्रै विज्ञापनमा अभिनय गरेका थिए । त्यसबाट कमाएको पारिश्रमिकबाट उनले कर नतिरेको विभागको भनाइ छ ।

उनले १८ लाख ५० हजार भारतीय रुपैयाँ बराबरको कर नबुझाएको विभागको दाबी छ। सन् २००७-८ मा नबुझाएको करको जरिवाना र ब्याज गरेर अहिले विभागलाई ७३ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
यो पनि पढनुहोस् ;
‘चपली हाइट’की अभिनेत्री बिनिताले गरिन इन्गेजमेन्ट

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.