कार्टुन क्रुज, भिमफेदी गाइज र एलिसा बाँस काटेर घर बनाउँदै

वर्षौँदेखि सेन्टिमेन्टल गीत गाउँदै आएका गायक दिनेश गौतमले फरक शैलीको साँगितिक प्रस्तुती लिएर आएका छन् । शुक्रबार उनले गाएको डान्सिङ नम्बर ‘बाँसै काटेर’को म्युजिक भिडियो सार्वजनिक गरेका छन ।

भिमफेदी गाइज, कार्टुन क्रुज र एलिसा राईको नृत्य म्युजिक भिडियोमा रहेको छ । नेपाली नृत्य जगतमा चर्चित यी दुइ नृत्य समूह र एलिसाको संयोगमा निर्माणमा तयार भएको उक्ट म्युजिक भिडियो अहिले युटुब सार्वजनिक भएको पहिलो दिनमै ट्रेनिङ नम्बर २० मा परेको छ ।

कोशिस क्षेत्रीको शब्द संगीत रहेको ‘बाँसै काटेर’ गीतको एरेन्जमेन्ट उदयराज पौडेलले गरेका छन् । ‘भिमफेदी गाइज’का टिम लिडर निर्मल लामाको निर्देशनमा तयार भएको भिडियोमा रोचक प्रस्तुती ‘फुलन्देकी आमा’ को रहेको छ । म्युजिक भिडियोमा ‘आरी डान्स’, ‘थाली डान्स’ देख्न पाइन्छ । भिडियोको सम्पादन पवन सुस्लिङले गरेका हुन् ।

यो पनि पढनुहोस्:
वरिष्ठ लोकगायक बुध्दीकृष्ण लामिछानेको निधन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.