यस्तो छ भ्रष्टाचार विरुद्धको फिल्म ‘सयकडा दश’को ट्रेलर

भ्रष्टाचार विरुद्ध सदाचार सन्देश बोकेको फिल्म ‘सयकडा दश’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । आइतबार निर्माण टिमले युटुब मार्फत सार्वजनिक गरेको उक्त ट्रेलर‘करप्सन र लभ’ मा आधरित रहेको छ ।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावलाई समेटिएको छ । रामशरण पाठक निर्देशित फिल्लाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् । फिल्ममा राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेको अभिनय रहेको फिल्मलाई निर्देशक पाठक स्वयमले लेखेका हुन् ।
फिल्म माघ १८ गतेबाट देशव्यापी प्रदर्शनमा आउदैछ ।

यो पनि पढनुहोस्:
हेर्नुहोस् दिपिकाको विवाह पछिको पहिलो हट फोटोशूट

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.