बलिउडमा यो बर्ष स्टार डुबे, ३ सय करोडमा २ रणवीरको फिल्म

सुत्र इन्टरटेन्मेन्ट-  सन् २०१८ को सुरु हुनु भन्दा अघि बलिउडमा यो बर्ष ३ खान कै राज रहने अनुमान गरिएको थियो । सलमान खानको इदमा रिलिज भएको रेश ३, आमिर खानको तिहारमा रिलिज भएको ठग्स अफ हिन्दुस्तान, साहरुख खानको क्रिसमसमा रिलिज भएको जिरोले बक्स अफिसमा तहल्का मच्चाउँछन् भन्ने अनुमान गरिएको थियो । तर, सबैको अनुमान विपरित यो बर्ष यी तिनै फिल्म पछारिए । यि तिनै फिल्मले हलमा कमाई गर्न नसक्दा नपत्याउने खोलाले बगाउँछ भने जस्तै साना बजेटका सिनेमा हिट भए ।

यो बर्ष बलिउडमा ३ सय करोडमा पुग्न सफल २ फिल्म मात्र भए । अभिनेता रणवीर सिंह अभिनित फिल्म पद्यमावतले ३ सय करोडको आँकडा पार गर्न सफल भयो । यस्तै, अर्का रणवीर कपुरले अभिनय गरेको सञ्जुले पनि ३ सय ४० करोडको आँकडा भारतमा पार गर्यो । योसँगै यो फिल्म सर्वाधिक कमाई गर्ने दोश्रो बलिउड सिनेमा बनेको छ ।

बलिउडमा यो बर्ष साना बजेटका सिनेमाले नसोचेको दर्शक बटुलेका छन् । ठूला बजेटका सिनेमा नचल्दा बधाई हो, राजी, सिम्बा लगायतका सिनेमा चलेका छन् । अभिनेता आयुष्मान खुरानाको यो बर्ष बढी चर्चा भयो । किनकी, उनले अभिनय गरेको वधाई हो र अन्धाधुन यो बर्ष बक्स अफिसमा चम्किएको छ ।

वधाई हो ले त यो बर्ष सय करोड बढी कमायो । यो बर्ष हरर कमेडी सिनेमा स्त्रि पनि बक्स अफिसमा चम्कियो । यो सिनेमामा राजकुमार राव र श्रद्धा कपुरको मुख्य भूमिका छ । यो सिनेमा पनि सय करोड बढी कमाउन सफल भएको छ ।

यो बर्ष बलिउडले सय करोडका सिनेमा बढी पाएको छ । बलिउडमा यो बर्ष कथा बिकेको छ । कथा राम्रो रहेका र सामान्य दर्शकलाई मन परेका सिनेमाले हलमा कमाई गरेका छन् ।

कलाकारको बिहेले चम्कियो बलिउड
यो बर्ष बलिउडका केही कलाकारले बिहे गरेका छन् । अभिनेता रणवीर सिंह र अभिनेत्री दिपिका पादुकोणले यो बर्ष नै बिहे गरे । अभिनेत्री प्रियंका चोपडाले पनि प्रेमी निक जोनससँग बिहे गरिन् ।

अभिनेत्री सोनम कपुरले प्रेमी आनन्द आहुजासँग बिहे गरिन् भने अभिनेत्री नेहा धुपियाले बिहे अघि नै गर्भवती भएपछि बिहे गरिन् । उनले प्रेमी अंगद बेदीसँग बिहे गरेकी हुन् । यी ४ अभिनेत्रीको बिहेले यो बर्ष बलिउडलाई चम्काइरहेको थियो ।

प्रेमको खबर पनि उस्तै
यो बर्ष बलिउडमा सबैभन्दा बढी चम्किएको प्रेम जोडी हो अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट । आलिया र रणवीरले आफूहरु प्रेममा रहेको स्विकार गरेसँगै उनीहरु सधै नै चर्चामा छन् । यो बर्ष अभिनेत्री जान्वी कपुरको प्रेमको खबर पनि नफैलिएको होइन । अभिनेत्री मलाइका अरोरा खान र अभिनेता अर्जुन कपुरले पनि आफूहरुविच प्रेम रहेको यो बर्ष नै स्विकार गरेका छन् । सार्वजनिक कार्यक्रममा एकसाथ देखिएर उनीहरुले आफूहरु प्रेममा रहेको स्विकार गरे ।

कलाकारका छोराछोरी पर्दामा
अभिनेत्री श्रीदेवीकी छोरी जान्वी कपुरले यो बर्ष धडक सिनेमामार्फत बलिउडमा पाइला राखिन् । यो सिनेमा बलिउडमा औषत चलेपनि जान्वीलाई भने नयाँ स्टारको रुपमा हेरिएको छ । जान्वीमात्र होइन, अभिनेता सैफअली खानकी छोरी साराअली खानको धमकेदार डेब्यूले यो बर्ष बलिउड ततायो । केदारनाथ र सिम्बा सिनेमा चलेपछि साराको चर्चा बढी भयो ।

बलिउडले यो बर्ष कथा बिकाएको छ । आउँदो बर्ष स्टारडम भन्दा कथा बढी बिक्ने अपेक्षा गरिएको छ । बलिउडमा यो बर्ष अभिनेत्री श्रीदेवीको निधन भयो । उनको निधनले सिंगो बलिउडलाई नै स्तब्ध बनायो ।

यो पनि पढनुहोस्:

कमब्याकले रहर भरियो, मन भरिएन

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.