गाई पाल्दा विपिनलाई दु:ख ( भिडियो )

विपिन कार्की स्टारर फिल्म ‘गोपी’को दोस्रो गीत सार्वजनिक भएको छ । निर्माण टिमले ‘तेरो आफ्नो’बोलको गीत युटुब मार्फत सार्वजनिक गरेको हो ।

अभिनेता कार्कीले गाई पालन गर्दा भोग्नु परेका संघर्ष र पिडाहरुलाई प्रस्तुत गरिएको गीतमा शिव पारीयारको स्वर, कल्यान सिंहको संगीत, विप्लोप प्राप्तीको शब्द र गोपाल रसाइलीको एरेन्ज रहेको छ ।

आरोही केसीको लगानीमा दीपेन्द्र लामाद्वारा निर्देशित ‘गोपी’मा विपिनले गाई पाल्ने किसानको भूमिका निर्वाह गरेका छन् । आरोही इन्टरटेनमेन्टका लागि आरोही केसीद्वारा निर्मित तथा दीपेन्द्र लामाद्वारा निर्देशित गोपी नेपालभर माघ १८ गते प्रदर्शनमा आउँदैछ ।

सामिप्य तिमल्सेना लेखक र श्रीधर पौडेल कार्यकारी निर्माता रहेको फिल्ममा शैलेन्द्र डि कार्कीले छायांकन र निमेष श्रेष्ठले सम्पादनको जिम्मेवारी सम्हालेका छन् । फिल्ममा सुरक्षा पन्त, प्रकाश घिमिरे, रमेश अधिकारी, सरोज अर्याल, कमलमणि नेपाल, हिउँबाला गौतम लगायतको पनि अभिनय रहेको छ ।

यो पनि पढनुहोस्:
बलिउडमा यो बर्ष स्टार डुबे, ३ सय करोडमा २ रणवीरको फिल्म

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.