रामकृष्ण ढकालको ‘मै हु ढाका टोपी यो ‘

आज १ जनवरी अर्थात अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस । आज नेपाल सहित संसार भर रहेका नेपालीहरुले भव्यताका साथ मनाउँदै छ । नेपाली सांगीतिक छेत्रमा टोपी सम्बन्धी धेरै गीतहरु स्थापित र नेपाली जनजिब्रोमा झुन्डिएको छ। टोपी दिवसलाई मध्यनजर गर्दै गीतकार ज्ञानु राजबंशीले ”मै हु ढाका टोपी यो ” गीत सार्वजनिक गरेका छन ।

नेपाली सुगम संगीतका बरिष्ठ गायक रामकृष्ण ढकालको सुमधुर स्वर र सुनिल मास्केको कर्णप्रिय संगीत रहेको गीतमा अमुल कार्कीढलीको एरेन्जमेन्ट रहेको छ । गीतकार राजबंशीको ‘मेरो प्यारो नेपाल’गीती एल्बममा समाबेश गीत ‘मै हु ढाका टोपी यो ‘को म्युजिक भिडियोमा गायक रामकृष्ण ढकालले नै अभिनय गरेका छन ।

उत्सव दाहालको क्यामेरा , बिकाश दाहालको सम्पादन र युवराज वाइबाको निर्देशनमा बनेको भिडियोलाई ए वान इन्टरटेन्टमेन्टले बजारमा ल्याएको हो ।

यो पनि पढनुहोस्:
गरुड पुराणको टिक टकमा ४५ हजार भिडियो, युट्युवलाई टिक टकले उछिन्यो

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.