‘चौका दाउ’ हेटौडामा

पौष २७ गतेबाट देशब्यापी प्रर्द्शनमा आउने तयारीमा रहेको फिल्म ‘चौका दाउ’को टोलि देश दौडाहाको क्रम्मा ३ नम्बर प्रदेश राजधानी हेटौडा आईपुगेको छ । मंगलबार हेटौडाका पत्रकारहरुसंग साक्षतकार गर्दै फिल्मले कमेडी कथा उठान गरेको बताईएको छ ।

फिल्म पत्रकार संघ मकवानपुरले संयोजन गरेको पत्रकार सम्मेलनमा बोल्दै चलचित्रका निर्देशक पुर्णेन्द्रु झा ले नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यव्यंङ्यको रुपमा फिल्ममा देखाईएको बताउनु भएको छ । काठमाण्डौ उपत्यका आसपासमा छायाँकन भएको चौका दाउमा करोड माथिको लगानि रहेको बताउदै फिल्मले उठान गरेका बिषय बस्तु यर्थातपरक रहेको निर्देश्क झा ले बताए ।

। यस्तै कार्यक्रममा कलाकार सन्तोष पन्तले लामो समय पछि आफुले सोचेको र आफुलाई फिटहुने चलचित्रमा काम गरेको भन्दै मुख्य जिम्बेवारी चलचित्रमा बहन गरेको बताए । उनले पहिलो पटक फिल्मको प्रोमोशनका लागी हिडेको बताउदै यस्ता टुर कार्यक्रमले प्रतयक्ष रुपमा आफुलाई पत्रकार र दर्शकहरु संग नजिक हुने वाताबरण बन्ने बताए । यो फिल्म आगामी पौष २७ गते देखी प्रर्दशनमा आउने बताईएको छ ।

पुणेन्दु झाको निर्देशनमा तयार भएको फिल्मलाई सौर्यजित बास्कोटा र मनोजराज भण्दारीले मिलेर निर्माण गरेका हुन । फिल्ममा संगीतकार बास्कोटाकै कथा, दीर्घ गुरुङको छायांकन, मित्र डी गुरुङको सम्पादन रहेको छ ।

सौर्यजित प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म ‘चौका दाउ’मा वर्षा राउत, रविन्द्र झा, अजश्र ढुँगाना, सन्तोष पन्त, तैयव शाह, विल्सन विक्रम राई, निर्मल शर्मा, सोनिका केसी, सुनिता श्रेष्ठ ठाकुर, रोशनी सापकोटा, श्याम राई, रमेश अधिकारी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यो पनि पढ्नुहोस्:

यस्तो छ रजनीकान्तको फिल्म ‘पेटा’को ट्रेलर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.