पूजाको मन सम्हाल्न आकाशले लिए १० लाख

फिल्म ‘सम्हालिन्छ कहिले मन’का लागी अभिनेत्री पूजा शर्माले १५ लाख पारिश्रमिक लिएर अनुबन्धित भएको खबर केही समय अगाडि सार्वजनिक भएको थियो भने अहिले फिल्ममा आकाश श्रेष्ठ पनि अनुबन्धित भएका छन ।

सार्वजनिक खबरका अनुसार आकाशले ‘विरविक्रम २ ‘ छाडेर १० लाख पारिश्रमिकमा यो फिल्ममा काम गर्न तयार भएका हुन । फिल्ममा दुई हिरो रहनेछन भने फिल्म त्रिकोनात्मक प्रेम कथामा आधारित रहनेछ ।

निर्देशक सुदर्शन थापाकै निर्देशन रहने सो फिल्म ए.वि प्रोडक्सनको ब्यानरमा निर्माण हुनेछ भने फिल्ममा अमित कुमार बस्नेत र अजित कुमार थापाको लगानी रहनेछ । फिल्ममा पूजा शर्मा र सोनम तोप्देन मुख्य भूमिका रहनेछ ।

यो पनि पढ्नुहोस्:
यस्तो छ रजनीकान्तको फिल्म ‘पेटा’को ट्रेलर

भिडियो पनि हेर्नुस

Loading…

Watch Dailymotion Video

Be the first to comment

Leave a Reply

Your email address will not be published.